पात्रो

रेडियो

समाचार खोजी

मोदी इनर्जीको विशेष साधारण सभा असार १९ मा, १ सय प्रतिशत हकप्रद सेयर प्रस्ताव

साझा अर्थ संवाददाता ३ असार २०८२, मङ्गलवार

काठमाडौं, असार ३ – मोदी इनर्जी लिमिटेड (MEL) ले असार १९ गते विशेष साधारण सभा (SGM) बोलाएको छ। सभा काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।

सभामा छलफल गरिने मुख्य प्रस्तावहरू यसप्रकार छन्:
१) कम्पनीको अधिकृत र जारी पूँजी २ अर्ब ९० करोडबाट ५ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने।
२) हालको २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने।
३) हकप्रद निष्काशनपछि कम्पनीको नियमावली (Article of Association) संशोधन गर्ने।
४) नियामक निकायको निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अधिकार दिने।
५) प्रवर्द्धक समूहबाट सञ्चालक नियुक्तिको प्रस्ताव स्वीकृत गर्ने।

यस विशेष साधारण सभाका लागि असार १२ गते बुक क्लोज मिति तोकिएको छ। सो मितिभन्दा अगाडि सेयर कायम गरेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउने छन्।

280 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्