पात्रो

रेडियो

समाचार खोजी

आठ महिनामा नेपाल घुम्न सवा सात लाख पर्यटक भित्रिए

साझा अर्थ संवाददाता १८ भदौ २०८१, मङ्गलवार

सन् २०२४ को आठ महिनामा सात लाख २० हजार तीन सय ३४ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को सोही अवधिमा ६ लाख एक हजार तीन सय ६० पर्यटक नेपाल घुम्न आएका थिए ।

अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । यो संख्या अगस्ट २०२३ को तुलनामा ८ प्रतिशतले वृद्धि हो ।  

अगस्टमा धेरै पर्यटक भित्रिनेमा चीन दोस्रो बनेको छ । 
सबैभन्दा धेरै पर्यटक भित्रिने देशमा भारत पहिलो स्थानमै रहेको छ । एक महिनामा भारतबाट २५ हजार आठ सय २३ पर्यटक भित्रिएका छन् भने चीनबाट ६ हजार ६ सय १४, अमेरिकाबाट पाँच हजार ६ सय १४, श्रीलंकाबाट चार हजार आठ सय ५१, बंगलादेशबाट तीन हजार ७७, युकेबाट दुई हजार सात सय ६४, जापानबाट एक हजार आठ सय ८१, अस्ट्रेलियाबाट एक हजार सात सय ३६, इटालीबाट एक हजार ६ सय १५, साउथ कोरियाबाट एक हजार ६ सय दुई पर्यटक घुम्न आएका छन् ।

216 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु