पात्रो

रेडियो

समाचार खोजी

शिक्षामा विदेशिने रकम बढ्दो, चार महिनामै ४३ अर्ब नाघ्यो

साझा अर्थ संवाददाता १ पुष २०८२, मङ्गलवार

१ पुस, काठमाडौँ । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा आए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने क्रम रोकिएको छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फ मात्रै ४२ अर्ब ९६ करोड रुपैयाँ बराबरको रकम देशबाट बाहिरिएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड रुपैयाँ रहेको थियो। यस आधारमा चालु आर्थिक वर्षको चार महिनामा मात्रै अघिल्लो वर्षको तुलनामा करिब १० अर्ब रुपैयाँ बढी रकम शैक्षिक प्रयोजनका लागि विदेशिएको देखिएको छ।

यस अवधिमा सेवा खाताअन्तर्गतको भ्रमण व्यय १६ दशमलव ४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो।

यद्यपि, सेवा खाताअन्तर्गतको भ्रमण आयमा पनि वृद्धि देखिएको छ। समीक्षा अवधिमा भ्रमण आय ८ दशमलव १ प्रतिशतले बढेर १९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रुपैयाँ थियो।

समग्रमा, समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो। शिक्षातर्फको बढ्दो व्यय र सेवा खाताको घाटाले चालु खातामा थप दबाब सिर्जना गरेको देखिन्छ।

110 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्