पात्रो

रेडियो

समाचार खोजी

३७ मध्ये १९ वटा बीमा कम्पनीहरूको वित्तीय विवरण स्वीकृत

साझा अर्थ संवाददाता १५ पुष २०८२, मङ्गलवार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आफ्नो नियमनमा रहेका ३७ मध्ये १९ वटा बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१÷८२ को वित्तीय विवरण स्वीकृत गरेको छ ।

प्राधिकरणले १० वटा जीवन बीमा कम्पनी, छ वटा निर्जीवन बीमा कम्पनी र तीन वटा लघु बीमा कम्पनी गरी कूल १९ वटा बीमा कम्पनीहरूको वित्तीय विवरण स्वीकृत गरेको हो ।

प्राधिकरणबाट इजाजतपत्र लिएका जीवन बीमा कम्पनी १४ वटा, निर्जीवन बीमा कम्पनी १४ वटा, लघु बीमा कम्पनी सात वटा र पुनर्बीमा कम्पनी दुई वटा गरी जम्मा ३७ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् ।

बीमा ऐन, २०७९ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको छ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था भए बमोजिम बीमकहरूबाट प्राप्त वित्तीय विवरण प्राधिकरणले स्वीकृत गरेको हो ।

प्राधिकरणबाट आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत भएका बीमा कम्पनीहरूमध्ये जीवन बीमातर्फ सिटिजन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सानिमा रिलायन्स लाइफ इस्योरेन्स लिमिटेड, नेशनल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, रिलायबल नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सूर्यज्योति लाइफ इस्योरेन्स कम्पनी लिमिटेड र एलआईसी (नेपाल) लिमिटेड रहेका छन् ।

यसैगरी, निर्जीवन बीमातर्फ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८१÷८२ को वित्तीय विवरण स्वीकृत भएको प्राधिकरणले जनाएको छ ।

यस्तै, लघुबीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण प्राधिकरणबाट स्वीकृत भएको छ ।

204 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु