पात्रो

रेडियो

समाचार खोजी

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सिंहलाई ‘एशिया कन्टिनेन्ट अवार्ड’

साझा अर्थ संवाददाता १७ पुष २०८२, बिहिवार

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह ‘एशिया कन्टिनेन्ट अवार्ड–२०२५’ बाट सम्मानित हुनुभएको छ ।
अन्तराष्ट्रिय समरसता मञ्च तथा इन्डो–नेपाल समरसता अर्गनाइजेशनको संयुक्त आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न भव्य वैश्विक शान्ति समरसता सम्मेलनका अवसरमा महासंघका अध्यक्ष सिँह ‘एशिया कन्टिनेन्ट अवार्ड’बाट सम्मानित हुनुभएको हो ।
मुलुकको औद्योगिक क्षेत्रमा पु¥याउनुभएको उत्कृष्ट योगदान तथा सामाजिक सेवाप्रति समर्पणको कदर गर्दै सिँहलाई उक्त अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।
कार्यक्रमबारे जानकारी दिँदै अन्तराष्ट्रिय समरसता मञ्चका मुख्य सल्लाहकार डा.कुलदीप शर्मा (अधिवक्ता, ईस्ट–वेस्ट ल फर्म, काठमाडौं) ले नेपालमा आयोजित वैश्विक शान्ति सम्मेलनमा डा. सिँहको विशिष्ट उपलब्धि र जनसेवाप्रतिको योगदानलाई मूल्याङ्कन गर्दै अवार्ड प्रदान गरिएको बताउनुभयो ।
काठमाडौंस्थित रशियन कल्चर सेन्टरमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका प्रथम उपराष्ट्रपति परमानन्द झा, सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लाल, पूर्व उपसभामुख इन्दिरा राना मगर, पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो तथा रोमा इन्टरनेशनल कल्चर युनिभर्सिटी, नयाँ दिल्लीका चान्सलर डा. हुकुमचन्द गणेशियालगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

107 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु