पात्रो

रेडियो

समाचार खोजी

नागार्जुन नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

साझा अर्थ संवाददाता ३ माघ २०८२, शनिवार

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं. ८ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय नागार्जुन नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सीतापाइला, काठमाडौंमा स्थापना गरिएको छ।
निर्वाचन आयोग, नेपाल अन्तर्गत बागमती प्रदेशको निर्वाचन अधिकृतको कार्यालय शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
उक्त निर्वाचन क्षेत्र अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नं. १३, १५, १९, २०, २३ र २४ तथा नागार्जुन नगरपालिकाका वडा नं. ४ र ५ पर्दछन्। यस क्षेत्रमा कुल ५७ हजार ८ सय ११ मतदाता रहेका छन् भने ६५ वटा मतदान केन्द्र निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत वालकृष्ण मिश्रले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता, निर्वाचनसम्बन्धी उजुरी, समन्वय तथा अन्य प्रशासनिक कार्यहरू सञ्चालन गर्ने उहाँले बताउनुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी अघि बढाइएको अधिकृत मिश्रले जानकारी दिएको छ।

347 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु