पात्रो

रेडियो

समाचार खोजी

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न

साझा अर्थ संवाददाता २७ माघ २०८२, मङ्गलवार

काठमाडौंः भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । आज विहान सो हाइड्रो पावरको आइपीओ बाँड फाँट  गरिएको शेयर निष्काशन तथा विक्री प्रबन्धन कुमारी क्यापिटलले जनाएको छ । 
कम्पनीले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाद्वारा कम्पनीको आईपीओ बाँडफाँट गरिएकोमा  कुल ८३ हजार आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेको कुमारी क्यापिटलले जनाएको छ ।

162 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्