पात्रो

रेडियो

समाचार खोजी

सानिमा जिआइसी इन्स्योरेन्सद्वारा ५.२६ प्रतिशत लाभांश प्रस्ताव, एजीएम जेठ ६ मा

साझा अर्थ संवाददाता ११ वैशाख २०८३, शुक्रवार

काठमाडौँ : सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्न वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ। कम्पनीको ८औँ एजीएम जेठ ६ गते बिहान ११ बजे काठमाडौंस्थित नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा बस्नेछ।

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार कुल ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरिएको छ, जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव २६ प्रतिशत नगद लाभांश समावेश छ।

सभामा लाभांश अनुमोदनसँगै आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरण, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्ने, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा सञ्चालक नियुक्तिसम्बन्धी प्रस्तावहरू पनि प्रस्तुत गरिनेछन्।

कम्पनीले वैशाख २३ गते बुक क्लोज तोकेको छ। सो मितिसम्म कायम रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्।

कम्पनीको हाल चुक्ता पूँजी करिब २ अर्ब १५ करोड रुपैयाँ रहेको छ।

177 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्