पात्रो

रेडियो

समाचार खोजी

आन्तरिक राजस्व वृद्धि हुँदा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो

साझा अर्थ संवाददाता ४ असार २०८३, बिहिवार

सिद्धार्थनगर, ४ असार: लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय सुधार गरेको छ। प्रदेश सरकारले जेठ २५ गतेसम्म रु पाँच अर्ब १४ करोड चार लाख आन्तरिक राजस्व सङ्कलन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशत बढी हो।

आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा प्रस्तुत गरेको विवरणअनुसार प्रदेश सञ्चित कोषमा हालसम्म रु २६ अर्ब ५७ करोड ७७ लाख जम्मा भएको छ। सङ्घीय अनुदान, राजस्व बाँडफाँट र आन्तरिक स्रोतबाट प्राप्त रकम यसमा समावेश छन्।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले रु १७ अर्ब ४७ करोड ८२ लाख खर्च गरेको छ, जुन कुल बजेटको ४४.८५ प्रतिशत हो। यसमध्ये रु १० अर्ब ११ करोड नौ लाख पुँजीगत तथा रु सात अर्ब ३६ करोड ७३ लाख चालु खर्च रहेको छ। स्थानीय तहलाई उपलब्ध गराइएको वित्तीय हस्तान्तरणमध्ये ५६.४२ प्रतिशत खर्च भइसकेको छ।

प्रदेश राजधानी व्यवस्थापन तथा निर्माण कार्यक्रमको पहिलो चरण सम्पन्न भई प्रशासनिक भवनबाट सेवा सञ्चालन सुरु भएको छ। प्रदेशको आर्थिक वृद्धिदर चालु वर्ष २.८७ प्रतिशत रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ४.२७ प्रतिशतभन्दा कम हो। प्रदेशको कुल गार्हस्थ्य उत्पादन रु ९ खर्ब ३७ अर्ब पुग्ने तथा राष्ट्रिय अर्थतन्त्रमा १४.२ प्रतिशत योगदान रहने प्रक्षेपण गरिएको छ।

47 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु