पात्रो

रेडियो

समाचार खोजी

युनाइटेड अजोड इन्स्योरेन्सद्वारा साढे चार प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव, वित्तीय विवरण स्वीकृत

साझा अर्थ संवाददाता ५ असार २०८३, शुक्रवार

काठमाडौँ, ५ असार : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले सेयरधनीहरूका लागि लाभांश वितरण गर्ने आकर्षक प्रस्ताव गरेको छ। असार ४ गते साँझ बसेको कम्पनीको ८२औँ बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गर्दै लाभांशको निर्णय गरेको हो। कम्पनीले बीमा ऐन तथा नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार तयार पारिएको उक्त वर्षको सन्तुलन पत्र र अन्य वित्तीय विवरणहरू अन्तिम स्वीकृतिका लागि नियामक निकायमा पठाउने निर्णय समेत गरेको छ।

कम्पनीका अनुसार नेपाल बीमा प्राधिकरणबाट असार ४ गते प्राप्त पत्रको स्वीकृति बमोजिम सञ्चालक समितिले वितरणयोग्य नाफाबाट लाभांश बाँड्ने सिफारिस गरेको हो। हाल कायम रहेको दुई अरब ३१ करोड रुपैयाँ चुक्ता पुँजीको आधारमा सेयरधनीहरूलाई ४.२८५७ प्रतिशत बोनस सेयर वितरण गरिनेछ। यसका साथै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.२२५६ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ।

यो प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरूले प्राप्त गर्नेछन्।

36 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु