पात्रो

रेडियो

समाचार खोजी

सानिमा बैंकले ५ दशमलब २६३२ प्रतिशत नगद लाभांश दिने

साझा अर्थ संवाददाता २३ असोज २०८१, बुधवार

सानिमा बैंकले ५ दशमलब २६३२ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षसम्मको कमाईबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ। बैंकको असोज २२ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई कर प्रयोजनसहित ५ दशमलब २६३२ प्रतिशत नगद लाभांश दिने भएको हो। 

सानिमा बैंकले ७१ करोड ४८ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो। यसअवधिमा बैंकको चुक्तापुंजी १३ अर्ब ५८ करोड २२ लाख रहेको छ। 

बैंकको उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ। 

327 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु