पात्रो

रेडियो

समाचार खोजी

नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर

साझा अर्थ संवाददाता ६ मंसिर २०८१, बिहिवार

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको हवाई भाडादर घटाएको छ। निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुटको घोषणा गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको चौबिस घण्टे अल्टिमेटमपछि सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले हवाई भाडा घटाए पनि निजी क्षेत्रका वायुसेवा कम्पनीले भने घटाउन आनाकानी गरेका छन् ।


निगमले दिल्ली, मुम्वई र वैंगलोर क्षेत्रको लागि बजार भाडादरमा दुई हजार पाँच सय रुपियाँसम्म छुट दिने, दोहा, दुवई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता क्षेत्रको लागि बजार भाडादरमा पाँच हजारसम्म छुट दिने निर्णय गरेको छ । 

219 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु