पात्रो

रेडियो

समाचार खोजी

प्रभावकारी ढंगले काम गर्न प्रदेश सरकारहरु क्रियाशील हुनुपर्नेमा जोड

साझा अर्थ संवाददाता २० साउन २०८१, आइतवार

दोलखाः  बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रभावकारी ढंगले काम गर्न प्रदेश सरकारहरु क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ । आज गृह जिल्ला आउनुभएका काफ्लेले नेपाली कांग्रेस दोलखा द्वारा सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा उक्त कुरामा जोड दिनुु भएको हो । 
कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री काफ्लेले  अहिले प्रदेश सरकारहरु सरकारजस्तो नभएर विकासे अड्डा जस्तो भएको ले प्रदेश सरकारको सेवा प्रवाहलाई सुधार गरी सरकारकै रुपमा चलाउने गरी वर्तमान प्रदेश सरकार ले काम गरिरहेको बताउनुुभयो । वर्तमान बागमती प्रदेश सरकारले नागरिकले गर्व गर्नेगरी कार्यगर्ने प्रतिवद्धता जनाउनुभयो । दोलखाबाट बागमती प्रदेशमा नेपाली काँग्रेसको तर्फबाट मन्त्री बन्ने पहिलो ब्यक्ति  काफ्ले हुुनुभएको छ ।

314 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु