पात्रो

रेडियो

समाचार खोजी

नेप्से र कारोबार रकम दुवै बढ्यो

साझा अर्थ संवाददाता ३० साउन २०८१, बुधवार

बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज ३४.२९ अंकले बढेर २९५७.७५ अंकमा पुगेको छ। बुधबार कारोबार रकम बढेर २३ अर्ब १६ करोड ७२ लाख रुपैयाँ पुगेको छ। 

बुधबार १५६ कम्पनीको मूल्य बढ्दा १० कम्पनीमा सकारात्मक सर्किट लागेको छ। त्यसमध्ये चार वटा फाइनान्स कम्पनी छन् भने पाँच वटा जलविद्युत कम्पनी छन्। त्यसैगरी एउटा लघुवित्तमा समेत सकारात्मक सर्किट लागेको छ।

उता बढेको बजारमा पनि ७९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। मन्दाकिनी हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले घट्दा विन्धवासिनी हाइड्रो पावरको ८।४१ प्रतिशतले घटेको छ।

८ कम्पनीको स्थिर रहेको बुधबार सबैभन्दा धेरै हिमालयन रिइन्सोरेन्सको ८६ करोड ५८ लाख ५८ हजार कारोबार भएको छ।

268 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्