पात्रो

रेडियो

समाचार खोजी

कालिञ्चोक दर्शनको मुनाफा २ करोड ६६ लाख

साझा अर्थ संवाददाता ३१ साउन २०८१, बिहिवार

कालिञ्चोक दर्शनले गत आर्थिक वर्ष  २०८०/८१ मा अघिल्लो आवको तुलनामा ७.७ प्रतिशतले नाफा बढाएको छ ।

कम्पनीले गत आवमा २ करोड ६६ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा २ करोड ४७ लाख थियो ।

समीक्षा अवधिसम्ममा कम्पनीको सञ्चालन आम्दानी २२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा  ६६ करोड ६३ लाख रहेको सञ्चालन नाफा गत आवमा ८१ करोड ५१ लाख पुगेको छ ।

कम्पनीको वित्तीय लागत भने २१ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा वित्तीय लागत १ करोड ५० लाख रहेकोमा गत आर्थिक वर्ष १ करोड ८३ लाख छ ।समीक्षा अवधिसम्ममा कम्पनीको वित्तीय खर्च २१.७३ प्रतिशतले बढेको छ।

कम्पनीको रिजर्भ कोषमा ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ।सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १००।७५ रुपैयाँ छ।कम्पनीको प्रतिशेयर आम्दानी ४।४७ रुपैयाँ छ । 

कम्पनीको चुक्तापूँजी ५९ करोड ६३ लाख रुपैयाँ छ । 

232 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु