पात्रो

रेडियो

समाचार खोजी

चैते धानको समर्थन मूल्य तोकियो, प्रति क्वीन्टल दुई हजार आठ सय

साझा अर्थ संवाददाता २३ फागुन २०८१, शुक्रवार

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको जानकारी दिए।

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १,२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने सरकारको निर्णय हो।

 

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु