पात्रो

रेडियो

समाचार खोजी

प्रभु महालक्ष्मीको व्यतीत बिमालेख नवीकरण गर्दा ७५ प्रतिशतसम्म छुट

साझा अर्थ संवाददाता २३ फागुन २०८१, शुक्रवार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतीत बिमालेख नवीकरण गर्दा छुट दिने निर्णय गरेको छ । कम्पनीले २२ देखि २९ फागुनसम्म व्यतीत बिमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गरिने जनाएको हो । यस्तो छुट ‘समुन्नति जीवन बिमा योजना’बाहेक अन्य योनजामा लागू हुने बताइएको छ । 

कम्पनीका अनुसार बिमितले दुई वर्षभित्रका व्यतीत बिमालेखमा ७५, दुईदेखि तीन वर्ष अवधिसम्म ५० र तीन वर्षभन्दा बढी अवधिका बिमालेखमा २५ प्रतिशत छुट पाउनेछन् । साथै, यस योजनामा समावेश भई बिमालेख पुनर्जागरण भएको दुई वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको विलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ । 

 

171 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु