पात्रो

रेडियो

समाचार खोजी

५८.०५ अंकले घटेर २५८२.७३ विन्दुमा नेप्से

साझा अर्थ संवाददाता १२ चैत २०८१, मङ्गलवार

साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.०५ अंकले घटेर २५८२.७३ विन्दुमा रोकिएको छ । सोमबार २६.१० अंकले बढेर केही खुसी भएका लगानीकतर्का मंगलबारको सुचकले झन् निराश भएका छन् ।  मंगलबार कारोबारमा आएकामध्ये २४० कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मात्रै बढेको छ। 

आज नेप्सेमा कुल ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

मंगलबार बैंकिङ समूहको सेयर मूल्य १.४० प्रतिशत, विकास बैंकको ३।२६ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको २.८३ प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य ३.०८ प्रतिशतले घटेको छ। 

यस्तै, लगानी समूहको सेयर मूल्य १.९८ प्रतिशत, जीवन बिमा समूहको २.२४ प्रतिशत, उत्पादन समूहको १.४९ प्रतिशत, लघुवित्त समूहको २.३० प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य २.३८ प्रतिशतले घटेको छ। 

 

170 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु