पात्रो

रेडियो

समाचार खोजी

एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँड

साझा अर्थ संवाददाता ४ असार २०८३, बिहिवार

काठमाडौँ, ४ असार : एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज असार ४ गते बिहीबार बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको हात्तीसारस्थित कार्यालयमा गोलाप्रथा विधिमार्फत सेयर बाँडफाँड गरिएको हो। कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको कुल ६ लाख ५५ हजार ७०० कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरेको थियो।

यस आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूबाट अत्यधिक आवेदन परेको थियो। कुल २६ लाख ८७ हजार ४२१ जना आवेदकले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ताका लागि आवेदन दिएका थिए, जसमध्ये २६ लाख ४१ हजार ९५९ वटा आवेदन मात्रै स्वीकृत योग्य भएका छन् भने बाँकी आवेदनहरू रितपूर्वक नभएकाले रद्द गरिएका छन्। मागभन्दा धेरै गुणा बढी आवेदन परेका कारण योग्य आवेदकमध्येबाट गोलाप्रथा गर्दा कुल ६५ हजार ५७० जनाले मात्रै १० कित्ताका दरले सेयर हात पार्न सफल भएका छन् भने बाँकी २५ लाख ७६ हजारभन्दा बढी लगानीकर्ताको हात खाली भएको छ।

39 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु