पात्रो

रेडियो

समाचार खोजी

स्वाभिमान लघुवित्त र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १० वैशाख २०८२, बुधवार

आज वैशाख १० गते स्वाभिमान लघुवित्त र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकोे छ । यी दुई कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

स्वाभिमान लघुवित्तले वैशाख १९ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
त्यस्तै स्वरोजगार लघुवित्तले  वैशाख २९ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

134 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु