पात्रो

रेडियो

समाचार खोजी

नेको इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २८ वैशाख २०८२, आइतवार

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि ३० गते  बुक क्लोज गर्दैछ, २९ गते बुद्ध जयन्तीको सार्वजनिक बिदा भएकाले आजै कम्पनी शेयर किनिसक्नुपर्नेछ । सभाले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर जारी गर्ने र करप्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 
 त्यस्तै सभाले बोनस शेयरपछि कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्ताव पनि सभाबाट पारित हुनेछन् । 

236 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु