पात्रो

रेडियो

समाचार खोजी

उड्डयन प्राधिकरण विभाजनसम्बन्धी दुई विधेयक समितिमा

साझा अर्थ संवाददाता ४ जेठ २०८२, आइतवार

 


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुईवटा विधेयक प्रतिनिधि सभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आइतबार प्रतिनिधि सभाको बैठकमा दुवै विधेयकलाई दफावार छलफलका लागि समिति पठाउने प्रस्ताव पेश गर्नुभएको थियो। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका हुन् ।

अब यी विधेयकहरू प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति मा दफावार छलफल हुनेछन्। समितिबाट छलफलपछि प्रतिवेदनसहित पुनः प्रतिनिधि सभामा प्रस्तुत गरिनेछ।

सरकारले यी विधेयकहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिसकेको छ। प्रस्तावित विधेयकअनुसार हालको नागरिक उड्डयन प्राधिकरणलाई दुईवटा संस्थामा विभाजन गरिनेछ — नियामक निकायको रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रदायक संस्थाका रूपमा नेपाल हवाई सेवा प्राधिकरण रहने छन् 

201 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु