पात्रो

रेडियो

समाचार खोजी

नेप्से ४९ अंकले बढेर २६७७.४५ बिन्दुमा

साझा अर्थ संवाददाता ६ जेठ २०८२, मङ्गलवार

मंगलबार नेप्से परिसूचक ४९ अंकले बढेर दुई हजार ६७७.४५ विन्दुमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.९६ प्रतिशतले उकालो लागेको छ।

आज ३१० कम्पनीका एक करोड ६८ लाख ८८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम सात अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सात अर्ब १३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

आज नेप्सेका सबै समूहको सूचकमा वृद्धि भएको छ। होटेल तथा पर्यटन तीन प्रतिशतभन्दा धेरैले बढ्दा विकास बैंक, वित्त, जलविद्युत् र लगानी समूह दुई प्रतिशतभन्दा धेरैले वृद्धि भएका छन्। अन्य र म्युचल फन्ड एक प्रतिशतभन्दा थोरैले बढ्दा बाँकी ६ समूह एक प्रतिशतभन्दा धेरैले उकालो लागे।

बढेको बजारमा सिन्धु विकास बैंक र सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यसैगरी, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक र राप्ती हाइड्रोको मूल्य नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ।

आज धेरै गुमाएका लगानीकर्ताको सेयर मूल्य करिब तीन प्रतिशतले घटेको छ। विन नेपाल लघुवित्तको सेयर मूल्य ३।०९ प्रतिशतले घटेको हो।
 

 

199 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु