पात्रो

रेडियो

समाचार खोजी

जटिल रोगको उपचारमा विमितलाई थप एक लाख उपलब्ध गराइने

साझा अर्थ संवाददाता ९ असार २०८२, सोमवार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल रोगहरूको उपचारका लागि स्वास्थ्य बीमा कोषबाट विमितहरुलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रालयका अनुसार क्यान्सर, मुटु रोग, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन र अल्जाइमरजस्ता गम्भीर रोगहरूका बिरामीले अब थप एकलाखा पाउने भएका हुन् । यसअघि पाउने गरेको एकलाखमा थप गरी विमितलाई दुई लाखसम्मको बीमा सुविधा उपलब्ध गराईने मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नीतिगत सुधार गर्दै बीमा योजनालाई अझ प्रभावकारी बनाउने घोषणा गरेका गर्नु भएको छ। उहाँले स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १७ को उपनियम अनुसार थप रकम दिने व्यवस्था लागू गर्न मन्त्रीस्तरीय निर्णय गर्नु भएको मन्त्रालयको भनाई रहेको छ । यसको कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्डले आगामी बैठकमा यस विषयमा निर्णय गर्ने तयारी गरेको छ ।
मन्त्रालयले बीमा कोषको दुरुपयोग रोक्न सतर्कता अपनाउन समेत स्वास्थ्य विमाकोशलाई निर्देशन दिएको छ ।

207 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु