पात्रो

रेडियो

समाचार खोजी

विद्यालय शिक्षकका लागि लाइसेन्स अनिवार्य, शिक्षा संकाय बाहेकका योग्यतामा पनि अवसर

साझा अर्थ संवाददाता १५ असार २०८२, आइतवार

१५ असार, काठमाडौं — प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) सम्बन्धमा सहमति गरेको छ।

विद्यालय तहमा शिक्षक बन्नका लागि अब शिक्षा संकाय बाहेक अन्य संकायबाट पढेकाहरूलाई पनि अवसर दिने सहमति समितिले बनाएको छ। तर, शिक्षक सेवा आयोगले लिने लाइसेन्स परीक्षा अनिवार्य रहने व्यवस्था गरिएको छ।

त्यस्तै, प्रत्येक शिक्षकले पाठ्यक्रममा परिवर्तन भएमा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुनःताजगी तालिम लिनुपर्ने र त्यसपछि मात्र अध्यापन गर्न पाउने व्यवस्था समितिले पारित गरेको छ।

254 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु