पात्रो

रेडियो

समाचार खोजी

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

साझा अर्थ संवाददाता २० असार २०८२, शुक्रवार

         
इटहरी (सुनसरी), २० असारः नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी २०८२’ प्रारम्भ भएको छ ।    
    
प्रतियोगितामा नेपाली सेनाका २,१८ र २१ नम्बर बाहिनीअन्तर्गतका गण, गुल्म तथा एकाइले फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, पौडी, जुडो र तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता यही असार ३० गते समापन हुनेछ ।    
    
नेपाली सेनाले हरेक वर्ष यस किसिमका प्रतियोगिता आयोजना गर्दै आएको छ । साथै सेनाको खेलकुद विभागका खेलाडी विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा हुँदै आएका छन् । यो विभाग राष्ट्रिय खेलाडी उत्पादन गर्न मुलुकका निम्ति सहयोगी बनेको खेलकुद क्षेत्रका जानकारहरूले बताएका छन् ।    

271 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु