पात्रो

रेडियो

समाचार खोजी

प्रभु महालक्ष्मी जीवन बीमाका ३७ लाख बढी बोनस शेयर नेप्सेमा सूचीकृत

आठौं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

साझा अर्थ संवाददाता २२ असार २०८२, आइतवार

प्रभु महालक्ष्मी जीवन बीमा लिमिटेडका ३७ लाख ८० हजार ४८० इकाइ बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका छन्। कम्पनीले २०८२ साल जेठ २६ गते आठौं वार्षिक साधारण सभा सम्पन्न गरी आर्थिक वर्ष २०८०/८१ का लागि ८ दशमलव ४२१ प्रतिशत लाभांश पारित गरेको थियो।

कम्पनीको २३औं सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र ० दशमलव ४२१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको थियो। सोही बोनस शेयरहरू हाल नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका हुन्। हालसम्म प्रभु महालक्ष्मी जीवन बीमा लिमिटेडको अन्तिम कारोबार मूल्य रू. ५३३.९१ रहेको छ।

212 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु