पात्रो

रेडियो

समाचार खोजी

आज एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता ३० भदौ २०८१, आइतवार

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज एक खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। आइतबार राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै २१ दिनका लागी १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको जानकारी दिएको हो । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आज १ खर्ब रुपैयाँ तरलता खिच्न लागेको हो।

 दिउँसो ३ बजेसम्म हुने बोलकबोलमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने  रकमसम्म आवेदन दिन सक्नेछन्। निक्षेपबापत राष्ट्र बैंकमा जम्मा गर्न लागेको रकम र ब्याजदरमा विषयमा बोलकबोल विधिबाट प्रस्ताव पेस गर्न क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले आह्वान गरेको छ । 

अन्तर बैंक ब्याजदरलाई ३ प्रतिशतको सीमा राख्नुको साथै बैंकमा अधिक तरलता भएर हुन सक्ने अन्धाधुन्ध कर्जा लगानीलाई रोक्न राष्ट्र बैंकले ३ प्रतिशतसम्म ब्याज दिँदै निक्षेप संकलन गर्न लागेको हो । चालू आर्थिक वर्षमा राष्ट्र बैंकले ब्याजदर करिडोर सम्बन्धी नीतिलाई नियमित रुपमा कार्यान्वन गराउने प्रयास गर्दै आएको छ ।

282 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु