पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा झिनो अंकको बृद्दी: टर्नओभर भने साढे ४ अर्ब माथि

साझा अर्थ संवाददाता ५ असार २०८३, शुक्रवार

काठमाडौँ, ५ असार : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार आएको छ। बिहीबार ५ अङ्कले घटेको बजारमा आज असार ५ गते सीमित उतारचढावका बीच नेप्से परिसूचक १.६३ अङ्क (०.०६ प्रतिशत) ले बढेर २,७०२.११ को विन्दुमा बन्द भएको छ।

परिसूचकमा झिनो हरियाली छाए पनि आज कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ। बिहीबार ३ अर्ब ४१ करोडमा खुम्चिएको कारोबार रकम आज बढेर ४ अर्ब ५३ करोड ४३ लाख ८३ हजार ५६८ रुपैयाँ पुगेको छ। आज दिनभर कुल १ करोड ९ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्।

साताको अन्तिम दिन परिसूचक स्थिर जस्तै रहे पनि टर्नओभर ४.५ अर्ब नाघ्नुले तल्लो विन्दुमा बजारले राम्रो सपोर्ट पाउन थालेको सङ्केत गर्दछ।

57 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु