काठमाडौँ, १० असार
युनाइटेड आजोड इन्स्योरेन्स लिमिटेड ले आफ्नो ३२औँ वार्षिक साधारण सभा आगामी असार ३१ गते आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा बिहान १०:३० बजे बोलाएको छ। नेपाल बीमा प्राधिकरणको निर्देशन र बीमा ऐन २०७९ बमोजिम आर्थिक वर्ष २०८१/८२ को सन्तुलन पत्र तथा वित्तीय विवरणहरू स्वीकृतिका लागि नियामक निकायमा पठाउने निर्णय कम्पनीले गरेको छ। साथै, बीमा प्राधिकरणको असार ४ गतेको पत्रानुसार लाभांश वितरणको पूर्व स्वीकृति पाएपछि सञ्चालक समितिले लाभांश प्रस्ताव अघि सारेको हो।
प्रस्ताव अनुसार कम्पनीको हाल कायम २ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजीको ४.२८५७ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गरिनेछ। सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, वित्तीय विवरण र नगद प्रवाह विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा रहेको छ। साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असार १९ गते 'बुक क्लोज' गर्ने निर्णय गरेको छ। तसर्थ, असार १८ गतेसम्म दोस्रो बजारमा सेयर कायम राख्ने सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।