पात्रो

रेडियो

समाचार खोजी

एशियन लाइफ इन्स्योरेन्सको २५ लाख कित्ताभन्दा बढी बोनस सेयर नेप्सेमा सूचीकृत

साझा अर्थ संवाददाता १० असार २०८३, बुधवार
समाचार सारांश
  • एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २५ लाख ५ सय ७९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
  • यो सेयर कम्पनीको १८औँ साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि पारित गरेको कुल १०.५२६३ प्रतिशत लाभांश (५% बोनस सेयर र ५.५२६३% नगद लाभांश) अन्तर्गतको हो।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, १० असार साझा अर्थ

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ लाख ५ सय ७९ दशमलव ६०३५ कित्ता बोनस सेयर नेप्से मा सूचीकृत भएको छ। कम्पनीको फागुन ११ गते सम्पन्न १८औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि पारित गरेको कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश अन्तर्गतको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। उक्त साधारण सभाले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।

कम्पनीले कुल २५ करोड रुपैयाँ बराबरको बोनस सेयर र २७ करोड ६३ लाख रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीहरूलाई वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसारको बोनस सेयर धितोपत्र दोस्रो बजारमा सर्वसाधारणले कारोबार गर्न मिल्ने गरी सूचीकरण प्रक्रिया पूरा भएको छ। धितोपत्र बजारको पछिल्लो कारोबार अनुसार एशियन लाइफ इन्स्योरेन्सको अन्तिम सेयर मूल्य प्रतिइकाई ४४३ रुपैयाँ कायम रहेको छ।

49 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु