काठमाडौँ, १४ असार : नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ। यसअघि गत कारोबार दिन छापावाल सुन प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। बजारमा माग र अन्तर्राष्ट्रिय उतारचढावका कारण स्थानीय मूल्य प्रभावित भएको व्यवसायीहरूले जनाएका छन्।
महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ हजार ७ सय रुपैयाँले नै बढेर २ लाख ८३ हजार १ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २ लाख ७८ हजार ४ सय रुपैयाँ थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन चाँदी प्रति तोला ४ हजार १ सय ८० रुपैयाँमा खरिदबिक्री भएको थियो।