पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदीको मूल्य अस्थिर

साझा अर्थ संवाददाता १२ असार २०८३, शुक्रवार
काठमाडौँ, १२ असारः स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीकोे भाउ केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु ५५ ले घटेको छ ।
 
आज सुनको मूल्य प्रतितोला रु दुई लाख ७९ हजार १०० र एक तोला चाँदीको मोल रु चार हजार १८० निर्धारण भएको छ । हिजो बिहीबार एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु चार हजार २३५ मा कारोबार भएको थियो । गत बुधबार एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० र चाँदी रु चार हजार ४८५ मा खरिदबिक्री भएको थियो ।  आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ । 
45 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु