पात्रो

रेडियो

समाचार खोजी

बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि सिटिजन्स बैंकले गर्‍यो २५ लाख  सहयोग

साझा अर्थ संवाददाता १३ असोज २०८१, आइतवार

 

सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ। बाढीपहिरो प्रभावितको राहत तथा उद्दारमा सहयोग पुर्‍याउन बैंकले राहत कोषमा उक्त रकम दिएको हो।विगत दुई दिनदेखि परेको अत्यधिक वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोले ठुलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंक आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितको सहयोगमा जुटिरहेको बताए। ‘हामी हाम्रो सीमित स्रोतसाधनबाट सकेको सहयोग गरिरहेका छौँ र यो रकम प्रधानमन्त्री राहत कोषमार्फत आवश्यक ठाउँमा पुर्‍याइनेछ', उनले भने।

बैंकले देशभर रहेका आफ्ना शाखाहरूबाट बाढी प्रभावित क्षेत्रमा विभिन्न राहतकार्यमा सहयोग गरिरहेको जानकारी दिएको छ। साथै, बैंकले अन्य संघसंस्थालाई पनि विपदमा पीडितहरूको सहयोगका लागि अघि बढ्न आह्वान गरेको छ।

386 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु