पात्रो

रेडियो

समाचार खोजी

२१ दिनका लागि बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब उठाउँदै राष्ट्र बैंक

साझा अर्थ संवाददाता २५ फागुन २०८१, आइतवार

 

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले तथा वित्तीय संस्थाहरुबाट आज २५ अर्ब निक्षेप संकलन बोलकबोल प्रकृयाद्वारा आइतबार दिउँसो हुने केन्द्रीय बैंकले सूचनामार्फत जनाएको छ ।

२१ दिनका लागि राष्ट्र बैंकले  ब्याज तथा सावाँ भुक्तानी आगामी चैत १७ गते गरिनेछ भने यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागिता जनाउन पाउनेछन्।

केन्द्रीय बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुनेछ। आजै निष्काशन हुने यस निक्षेप संकलनको ब्याजदर निर्धारण समेत बोलकबोलबाट गरिने छ ।

यसमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ। यो रकम बैंक तथा वित्तीय संस्थाले धितोका रुपमा समेत प्रयोग गर्न पाउनेछन्।

 

147 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ