पात्रो

रेडियो

समाचार खोजी

आजदेखि शेयर बजारमा नयाँ व्यवस्था कार्यान्वयन

साझा अर्थ संवाददाता ७ चैत २०८१, बिहिवार

अब नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बजार बन्द हुनुअघिको १५ मिनेटमा कायम मूल्यको औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने भएको छ।

मंगलबारको सञ्चालक समितिले गरेको यो निर्णय ७ चैतबाट लागू हुने नेप्सेले जानकारी दिएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली, (चौथो संशोधन) २०८१ अनुसार यस्तो निर्णय भएको हो।

नियमित कारोबार सत्रमा अपराह्न २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने नेप्सेले सूचनामार्फत जानकारी गराएको छ। उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने छ।

हालसम्म नेप्सेले अपराह्न ३ बजेदेखि ३.०५ बजेसम्मको औसत मूल्यलाई आधार मान्ने व्यवस्था छ।

266 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु