पात्रो

रेडियो

समाचार खोजी

सेबोनको निर्देशन: बुटवल पावर कम्पनीलाई न्यादी हाइड्रोपावरका ३१ लाख कित्ता सेयर बिक्री रोक्न आदेश

साझा अर्थ संवाददाता १ जेठ २०८२, बिहिवार

काठमाडौं, जेठ १ — धितोपत्र बोर्ड नेपाल (सेबोन) ले बुटवल पावर कम्पनी लिमिटेडलाई न्यादी हाइड्रोपावर लिमिटेडका ३१ लाख कित्ता सेयर बिक्री नगर्न निर्देशन दिएको छ। सेबोनले यस सम्बन्धमा औपचारिक सूचना जारी गर्दै सेयर बिक्री प्रक्रिया हाललाई रोक्न आदेश दिएको हो। सेबोनका अनुसार बुटवल पावर कम्पनीका निर्देशकहरू नै न्यादी हाइड्रोपावर लिमिटेडका पनि निर्देशक रहेका कारण हितसङ्घर्षको अवस्था सिर्जना भएको देखिन्छ। यस्तो अवस्थालाई धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) अनुसार प्रतिबन्धित गरिएको छ।

यसै कारण, सेबोनले कम्पनीलाई प्रस्तावित सेयर विक्री सम्बन्धी सम्पूर्ण विवरण तथा आधिकारिक धारणा पेश गर्न भनेको छ। साथै, अर्को सूचना जारी नभएसम्म सेयर बिक्री प्रक्रिया अघि नबढाउन स्पष्ट निर्देशन दिएको छ।

सेबोनले जारी गरेको सूचनामा भनिएको छ, “न्यादी हाइड्रोपावर लिमिटेडका सञ्चालकहरू बुटवल पावर कम्पनी लिमिटेडका पनि सञ्चालक रहेको अवस्थामा यस्तो सेयर विक्री गर्दा हितसङ्घर्ष हुने देखिन्छ। यस्तो अवस्थामा नियमनको दायरामा रही मात्र कम्पनीले प्रक्रिया अघि बढाउन सक्नेछ।”

297 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु