पात्रो

रेडियो

समाचार खोजी

क्लब १० एक्समा सिटिजन्स बैंकका ग्राहकलाई २० प्रतिशत छुट

साझा अर्थ संवाददाता ५ जेठ २०८२, सोमवार

 

ठमेलस्थित क्लब १० एक्समा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूलाई विशेष छुट दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक  र मोबाइल बैंकिङ ग्राहकहरूले क्लब १० एक्समा २० प्रतिशत आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु