पात्रो

रेडियो

समाचार खोजी

एनएमबि बैंकद्वारा एक्यान  सदस्यहरूलाई  विशेष वित्तीय सेवाहरूको घोषणा

साझा अर्थ संवाददाता ७ जेठ २०८२, बुधवार

 

काठमाडौं, एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल
(एक्यान) सँग सम्झौता सम्पन्न गरेको छ । एक्यानमा आबद्ध रहेका सदस्यहरूलाई लक्षीत गरी विशेष
वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा उल्लेख गरेको छ ।यो सहकार्य एनएमबि
बैंकको समावेशी र मूल्य–आधारित बैंकिब सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेशागत समुदायलाई टेवा
प्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको हो ।
एनएमबि बैंकले वित्तीय साक्षरताको प्रवद्र्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष
सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो।
ब्ऋब्ल् सदस्यहरूले बैंकबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया,
एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रीन सेभिब खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग
गर्न सक्नेछन्। साथै, एनएमबिको प्राथमिक बैंकिब सेवा अन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष
सुविधाहरू पनि प्रदान गरिनेछ।
यो प्रयास एनएमबि बैंकको पोर्टफोलियो विस्तार गर्ने साथै पेशागत वर्गहरुलाई पहुँचयोग्य तथा दीगो बैंकिब
समाधान प्रदान गर्ने लक्ष्यको प्रतिबिम्ब हो।

250 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु