पात्रो

रेडियो

समाचार खोजी

बरुण हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डको अनुमति-

साझा अर्थ संवाददाता ७ जेठ २०८२, बुधवार

काठमाडाै‌ः बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो। प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको हकप्रद शेयर जारी हुनेछ।

यसका लागि आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड बिक्री प्रबन्धक तोकिएको छ। कम्पनीको हाल चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ। हकप्रद शेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

299 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्