पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदीको मूल्य बढ्यो

साझा अर्थ संवाददाता ८ असार २०८३, सोमवार

काठमाडौँ, ८ असारः स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु एक हजार ४०० ले वृद्धि भएको छ । यस्तै, चाँदी रु ४० ले बढेको छ ।

 आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार सातसय र चाँदी चार हजार ७३० निर्धारण भएको छ ।

 आइतबार एकतोला सुनको मूल्य रु दुई लाख ८७ हजार ३०० मा कारोबार भएको थियो ।  एकतोला चाँदीको मूल्य रु चार हजार ६९० मा कारोबार भएको थियो ।

 शुक्रबार एकतोला सुन रु दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६४० मा खरिद बिक्री भएको थियो ।

 अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार १८८ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

47 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु