काडमाडौंः माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड को आइपीओमा आवेदन दिने आज अन्तिम मिति रहेको । कम्पनीले सर्व साधारणकालागि असार ३ गते निष्काशन तथा विक्री खुल्ला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम मिति रहेको हो ।
कम्पनीले १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन तथा विक्री खुल्ला गरेको थियो ।
कम्पनीले १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत आयोजनाको सञ्चालन गरिरहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।