पात्रो

रेडियो

समाचार खोजी

१० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात

साझा अर्थ संवाददाता १० असार २०८३, बुधवार

काठमाडौँ, १० असार : चालु आर्थिक वर्षको  प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् । 

उक्त अवधिमा रु पाँच अर्ब ६५ करोडबराबरका  ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा  विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका  ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

63 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु