पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य तोलामा ३६०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो

साझा अर्थ संवाददाता १० असार २०८३, बुधवार
समाचार सारांश
  • असार १० गते नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
  • छापावाल सुन प्रतितोला रु. ३,६०० ले घटेर रु. २ लाख ८३ हजार ५ सय र तेजाबी सुन रु. २ लाख ८२ हजार ८ सय कायम भएको छ।
  • चाँदीको मूल्य पनि तोलामा रु. १०५ ले घटेर रु. ४ हजार ४ सय ८५ पुगेको छ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, १० असार 

नेपाली बजारमा आज असार १० गते सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ३ हजार ६ सय रुपैयाँले नै ओरालो लाग्दै प्रतितोला २ लाख ८२ हजार ८ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला २ लाख ८६ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थाहा भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ रहेको थियो।

44 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु